२०७८ साल माघ ६ गते बिहिबार

नेकपा एमालेको महासचिवमा शंकर पोखरेल सर्वसम्मत चयन

न्युजलय १३ मङ्सिर २०७८, सोमबार ११:१९ मा प्रकाशित

काठमाण्डौ । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल निर्विरोध हुने भएका छन । बिहान १० बजेको समय सीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् । 

निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी रहेको जनाइएको छ ।