मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

न्युजलय ४ माघ २०७८, मङ्गलबार ०२:०३ मा प्रकाशित

काठमाडौं । मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम र राजधानी टुङ्गो लागेको खुशीमा मंगलबार सार्वजनिक बिदा दिइएको हो । 

 

लामो समयको बहसपछि सोमबार प्रदेशको नाम मधेश र राजधानी जनकपुर राखिएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको नाम मधेश र राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो ।