काठमाडौं । पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा ९ सय ५७ पीसीआर र १ हजार २ सय २७ एन्टीजेन परीक्षण गरिएको हो।
त्यस्तै आज संक्रमणमुक्त हुनेको संख्या ९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमित संख्या १ सय १० जना रहेका छन् भने कोही पनि क्वारेन्टाइनमा नरहेका पनि मन्त्रालयले जनाएको छ।