बालकुमारी घटनाका दोषीलाई कारबाही हुन्छः प्रधानमन्त्री

न्युजलय ६ फाल्गुण २०८०, आइतबार ०८:२० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घट्नामा सरकार १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा तथ्यहीन रहेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले,घट्नाबारे समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन आफूले गरेको र आजको मन्त्रिपरिषद्को बैठले निणर्य गर्ने र आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा १० लाख दिएर सरकार चुपचाप बसेको आरोप लगाएका थिए ।

त्यस्तै एमालेका सचेतक महेश बर्तौलाले पनि उक्त घट्नामा गृहमन्त्री र मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेका थिए ।