भारतको प्रदूषणको असर नेपालमा, लाग्यो तुँवालो

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार ०२:१४ मा प्रकाशित

काठमाण्डौ । भारतमा देखिएको प्रदूषणको असर नेपालमा पनि देखिएको छ  । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावसँगै प्रदूषणका कारण भिजिबिलिटी घटेको छ । 

मौसमविद् निराजन सापकोटाका अनुसार भिजिबिलिटी ५ हजार मिटरमा झरेको छ । भिजिबिलिटी ३ हजार मिटरसम्म हुँदा उडान अवतरण हुने गरेको छ । मौसम धुम्म भएका बेला र तुवाँलो लागेका बेला भिजिबिलिटी कम हुन्छ । 

दिल्लीको प्रदूषणयुक्त हावा नेपालमा प्रवेश गरेको बारे वातावरण विभागले भने कुनै औपचारिक जानकारी दिएको छैन । मौसमविद्ले भने प्रदूषणको असर देखिन थालेकाले सावधानी अपनाउन सुझाव दिएका छन् । उनीहरुले घर बाहिर हिँडडुल गर्दा मास्क प्रयोग गर्न सुझाव दिएका छन् ।