विराटनगर । प्रदेश १ को नामकरणका लागि सर्वदलीय बैठक सुरू भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरू भएको बैठकमा प्रदेश संसदीय दलका शिर्ष नेताहरू सहभागी छन्।
कोसी, किराँत, सगरमाथा, विराट, विजयपुर, लिम्बुवान जस्ता नामबारे अनौपचारिक छलफलमा रहेका दलहरू बीचको आजको छलफलमा सबैले आ(आफ्नो प्रस्ताव गर्ने सम्भावना छ।
बैठकमा मुख्यमन्त्री राजेन्द्र राई सहितका नेताहरू छन्।