यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय २७ कार्तिक २०७८, शनिवार १२:५० मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।


महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ।


महाशाखाले जारी गरेको मौसमसम्बन्धि विवरण अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।