पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ जना घाइते

न्युजलय ५ असार २०८०, मङ्गलबार १२:१३ मा प्रकाशित

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप रैनादेवीछहरा गाउँपालिका–८ सत्यवतीमा दुर्घटना भएको हो।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले बताए। घाइतेलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाइएको वडाध्यक्ष रानाले बताए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मुझुङ, प्रहरी चौकी बल्ढेङ्गढी र इलाका प्रहरी सालझण्डीबाट प्रहरी जवान उद्धारमा खटिएका छन्। दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।