विराटनगर । प्रदेश नम्बर १ को नामकरणको विषयमा नेकपा एमालेले औपचारिक छलफल सुरु गरेको छ ।
नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकले प्रदेशको नामाकरण राख्ने विषयमा सहजीकरण गर्न संसदीय समिति गठन गरेको छ । एमालेले पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
एमालेले गठन गरेको समितिको सदस्यमा एमालेका सांसद जीवन घिमिरे, उषाकला राई, जगदीशप्रसाद कुसियैत र अर्जुन राई रहेका छन् । समितिले प्रदेशको नाम राख्ने विषयमा पहिले आफ्नो दलभित्र छलफल गरी सहमतिका आधारमा नाम टुंगो लगाउन पहल गर्ने बताइएको छ । अ
अहिले प्रदेश नम्बर एकको हिउँदे तथा बजेट अधिवेशन जारी छ । केही समयअघि, मुख्यमन्त्री राजेन्द्र राईले ठूलो दलको हैसियतले नामकरणको विषयमा पहल लिँदा हुने भन्दै सदनबाट आह्वान गरेका थिए ।
अहिलेसम्म ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । प्रदेश एक प्रदेश सभाको कार्यअवधि नै पूरा हुन लाग्दासमेत औपचारिक रूपमा नामको विषयमा छलफल हुन सकेको छैन । एमाले जातीयभन्दा पनि भौगोलिक पहिचानको आधारमा नाम राख्नुपर्ने पक्षमा रहेको छ ।