एमालेको नाराबाजीका बीच संसद बैठक सुरू

न्युजलय ४ फाल्गुण २०७८, बुधबार ०७:३२ मा प्रकाशित

काठमाण्डौ । प्रतिनिधि सभाको आजको बैठक सुरू भएको छ।

बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले नाराबाजी सुरू गरेका छन्।

सभामुख अग्नि सापकोटाले उनीहरूलाई अवरोध नगरी बैठक चलाउन सहयोग गर्न अनुरोध गरेपनि एमाले सांसदहरूले नाराबाजी जारी राखेका छन्।  

एमाले  सांसदको नाराबाजीबीच सभामुख सापकोटाले कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुलाई थारू आयोगको तेस्रो प्रतिवेदन पेस गर्न अनुमति दिएका छन्। 

कानुन मन्त्री बडुले उक्त प्रतिवेदन पेस गरेका छन्। त्यसपछि सभामुख सापकोटाले तीन वटा शोक प्रस्ताव संसदमा पेस गरेका छन्। शोक प्रस्ताव पढ्दा एमाले सांसदले नाराबाजी रोकेका थिए।