कोशीलगायतका प्रदेशमा ठूलो वर्षाको सम्भावना

न्युजलय २२ असार २०८०, शुक्रबार ०२:०१ मा प्रकाशित

  काठमाण्डौ । आज मधेस बाहेकका प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले जानकारी दिए ।

पहाडी क्षेत्रमा लगातारजसो पानी परिरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । भिरालो जमिन तथा नदी आसपासका क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।