आज देशभर मौसम सफा रहने, बिहानको हुस्सु केही समयपछि हट्ने

न्युजलय १८ पुस २०७८, आइतबार ०१:१४ मा प्रकाशित

काठमाडौं । आज देशभर मौसम सफा रहनेछ। पश्चिमी वायुको सामान्य प्रभावले केही समय बादल लागे पनि तत्काल हटेर घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


हाल देशका प्रदेश १ र बागमती प्रदेशका पहाडी  तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भु(भागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

 

साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। बाक्लो हुस्सु र कुहिरो केही बेपछि हटेर घाम लाग्ने महाशाखाले अनुमान गरेको छ।

 

आज काठमाडौंको तापक्रम ४.२ डिग्री सेल्सियस रहेको छ। दिउँसो १६–१८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।