काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्इ प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त प्रणालीका कारण हाल देशका पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाको भनाइ छ। अन्यत्र भने मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार मंगलबार(आज) दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा आँशिक बदली रहने महाशाखाको भनाइ छ। उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम सफा रहे पनि देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।