केशव स्थापितसहित दुई जनाले छाडे एमाले

न्युजलय ३० साउन २०८०, मङ्गलबार ०४:२१ मा प्रकाशित

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लेका केन्द्रीय सदस्य केशव स्थापित पार्टीबाट अलग भएका छन् । स्थापितसहित दुई जना केन्द्रीय सदस्यलाई पार्टीले बिदाइ गरेको हो ।

स्थापितसँगै सिराहका प्रमोद नारायण यादवलाई बिदा दिने निर्णय एमालेको सचिवालय बैठकले गरेको हो । स्थापित र यादवको राजीनामा पार्टीले भर्खरै मात्र स्विकृत गरेको बुझिएको छ ।

सोमबार बसेको पाटीको बैठकले अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्व उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई मनोनित गरेको छ ।