काठमाण्डौ । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या दिन प्रतिदिन घट्दै गइरहेको छ ।
सरकारी अधिकारीहरूले शनिबार(आज) बिहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ९२१ जना सङ्क्रमित भएका छन् ।
योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ६३ हजार ८७८ पुगेको अधिकारीहरूले जनाएका छन् ।
भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ११ हजार ६५१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १४ हजार ८७८ जनाको मृत्यु भएको छ । ती मध्ये २८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।