पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

न्युजलय २४ कार्तिक २०७८, बुधबार ०३:५५ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६  हजार ८१४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४४० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पिअिसार परीक्षण गर्दा ३८७  र एक हजार ४०७ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो। 

आज देशभर ४७४ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ।