भारतबाट फर्केका एक जनामा देखियो कोरोना पोजेटिभ

न्युजलय १६ बैशाख २०७९, शुक्रबार ०८:२१ मा प्रकाशित

बुटवल । भारतबाट नेपाल फर्किएका काठमाडौंका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीको बेलहिया नाकाको बेलहिया हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा काठमाडौंका २३ बर्षीय पुरुषमा पोजेटिभ देखिएको बेलहिया हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । 

पोजेटिभ देखिएकालाई सुरक्षित तवरले घर पुगेर आइसोलेसनमा बस्न सुझाव दिइएको बताइएको छ ।