एसईईको मौका परीक्षा साउन २३ देखि ३१ सम्म

न्युजलय १७ असार २०८१, सोमबार ०५:५४ मा प्रकाशित

इटहरी । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको ग्रेडवृद्धि (मौका) परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको छ ।

आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा मिति सार्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

यसअघि बोर्डले दुई विषयसम्म ननग्रेडिङ (एनजी) मा परेका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ मा हुने जनाएको थियो ।

तर शिक्षा मन्त्रालयले ननग्रेडिङमा परेका सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बोर्डले साउन २३ देखि देशभर परीक्षा सञ्चालन गर्ने भएको हो ।

गत बिहीबार सार्वजनिक एसईईको नतिजामा २ लाख ४२ हजार ३ सय १३ विद्यार्थी ननग्रेडिङ (फेल( भएर कक्षा ११ मा भर्ना पाउन अयोग्य भएका थिए ।