अफताब आलमका छोरा दोब्बर मतले मेयरमा निर्वाचित

न्युजलय ७ जेठ २०७९, शनिवार ०१:०७ मा प्रकाशित

काठमाडौं । इँटा भट्टामा राखेर मजदुरहरूलाई जिउँदै जलाएको अभियोगमा थुनामा रहेका पूर्वमन्त्री अफताब आलमका छोरा मोहम्मद राजिक आलम राजपुर नगरपालिकाको मेयरमा विजयी भएका छन्।

रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अफतावका छोरा राजिक प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी९जसपा०का मोहम्मद जैद आलमलाई दोब्बर मतान्तरले पराजित गर्दै विजयी भए। नेपाली कांग्रेसका उम्मेदवार राजिकले ६ हजार ३३५ मत प्राप्त गरे।

उनका प्रतिद्वन्द्वी जसपाका मोहम्मद जैदले ३ हजार ७५१ मत प्राप्त गरेका थिए। यहाँ उपमेयरमा पनि कांग्रेसले जित निकालेको छ। कांग्रेसकी जमिला असगरीले जसपाकी चिन्ताकुमारी कलवार पराजित गर्दै उपमेयरमा जितेकी हुन्।