बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीको अधेरीखोलास्थित पहिरोले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ ।
सडक माथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा यातायातका साधन आवत जावत बन्द भएको छ ।
सडक अवरुद्ध हुदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तिर्थयात्री र पर्यटकहरु घण्टौ सम्म जाममा पर्ने गरेका छन् ।
७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन नहुँदा आवत जावतका साथै आलु,स्याउलगायत कृषि उपज निकासी प्रभावित भएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार पहिरो खस्ने पाखोमा बग्ने अवस्थामा रहेको ढुंगामाटोलाई सेना,प्रहरी र मजदुरले सडकमा खसालेर डोजरले पन्छाएर अस्थायी रुपमा सडक खुलाउने गरिएको छ ।
‘