दैलेखमा फेरी सुरु भयो पेट्रोलियम पदार्थको खोजी

न्युजलय २३ असार २०७९, बिहिबार ०१:५८ मा प्रकाशित

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषणको काम फेरि सुरु हुने भएको छ । कोरोना महामारीका कारण झन्डै तीन वर्ष रोकिएको पेट्रोलियम पदार्थ तथा ग्यास खानी अन्वेषणका लागि ७ जना चिनियाँ प्राविधिकसहितको टोली दैलेख पुगेको छ । 

सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण अघि बढाइएको थियो । तर कोरोना महामारी सुरु हुनासाथ चिनियाँ टोली स्वदेश फर्केको थियो ।

दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न २०७२ चैतमा चीन र नेपालबीच प्रधानमन्त्रीस्तरीय द्विपक्षीय समझदारी भएको थियो । २०७६ फागुनमा विभाग र चिनियाँ जियोजिकल सर्भे कम्पनीबीच अन्वेषण र उत्खनन गर्न २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो ।