काठमाडौँ । नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मन्सुन आजदेखि बाहिरिएको छ ।
सरदर १३ दिन ढिला गरेर नेपालबाट मनसुन बाहिरिएको हो । मनसुन बाहिरिए सँगै अब भारी वर्षाको सम्भावना कम रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको कारणले सोमबारदेखि नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।