एमालेको नाराबाजीपछि सदन आज पनि स्थगित

न्युजलय २६ साउन २०८०, शुक्रबार ०८:०५ मा प्रकाशित

 काठमाडौं । नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ । सुन प्ररकणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै एमालेले सदन अवरोध गरेको हो ।

एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । एमालेकी सांसद ज्वालाकुमारी शाहले छानबिन समिति गठन नगरेसम्म सदन नचल्ने बताइन् ।

एमाले सांसदहरूको निरन्तर नाराबाजीपछि सभामुखले साउन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।