मिस युनिभर्स २०२१ को उपाधि भारतकी हरनाज सन्धूले जितिन्

न्युजलय २७ मङ्सिर २०७८, सोमबार १०:४७ मा प्रकाशित

काठमाडौँ । भारतकी हरनाज सन्धूले मिस युनिभर्सको उपाधि जितेकी छिन् । 

भारतले २१ वर्षपछि फेरि यो उपाधि जितेको हो । यसअघि सन् २००० मा भारतबाट लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन् ।

पञ्जाबकी २१ वर्षीया सन्धू मोडलिङका साथसाथै जनप्रशासनमा स्नातकोत्तर तहमा अध्ययनरत छिन् । इजरायलको इलियटमा आयोजित प्रतियोगितामा मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया मेजाले सन्धूलाई ताज पहिराइदिएकी थिइन् । 

त्यस्तै पाराग्वेकी नादिया फेरेइराले फर्स्ट रनरअपको उपाधि जितिन् भने दक्षिण अफ्रिकाकी लालेला स्वानले सेकेन्ड रनरअपको उपाधि जितिन् ।