काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्।
शनिबार(आज) दाहाललाई मेडिसिटी अस्पताल भर्ना गरिएको जनाइएको छ । हिजोदेखि स्वास्थ्यमा समस्या आएको प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताइन् ।
प्रचण्डको रक्तचाप बढेको पछि प्रचण्डलाई मेडिसिटी लगिएको हो।