भुटानी शरणार्थी प्रकरणः प्रहरी अस्पतालमा कार्यरत नर्स पक्राउ

न्युजलय २४ जेठ २०८०, बुधबार १०:०१ मा प्रकाशित

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका मध्ये एक जना प्रहरी अस्पतालमा कार्यरत नर्स रहेको पाइएको छ।

आफ्नै कर्मचारी पक्राउ परेको विवरण भने प्रहरीले अहिलेसम्म गोप्य नै राखेको थियो। पक्राउ परेकी ती महिला प्रहरी सेवाकी सई दर्जाकी नर्स लक्ष्मी महर्जन हुन्। उनी नेपाल प्रहरी अस्पतालमा कार्यरत रहेको पाइएको छ। 

जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेपछि लक्ष्मीलाई प्रहरीले पक्राउ गरेको थियो। यो प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएको अहिले १८ जना प्रहरी हिरासतमा छन्। उनीविरुद्ध सरकारी वकिल कार्यालय र पीडित पक्षका निजी वकिलहरुले मंगलबार बहस सकाएका छन्। 

बुधबारदेखि प्रतिवादीहरुका तर्फबाट बहस सुरु भएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपोनको इजलामा थुनछेक बहस भइरहेको छ। प्रतिवादीहरुका वकिललाई न्यायाधीश पौडेलले ६ दिनको समय दिएका छन्। त्यसपछि आदेश गर्ने तयारी छ।