भारतका राजनीतिज्ञ मुलायम सिंह यादवको निधन

न्युजलय २४ असोज २०७९, सोमबार ०५:१५ मा प्रकाशित

 काठमाण्डौ । भारतका वरिष्ठ राजनीतिज्ञ मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ । 

पूर्वसंघीय रक्षामन्त्री यादव १५ दिनदेखि अस्पतालमा भर्ना भएका थिए । उनी उत्तर प्रदेशमा तीन पटकसम्म मुख्यमन्त्री बनेका थिए ।

उनको अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनका छोरा तथा राजनीतिक उत्तराधिकारी अखिलेश यादवले सोमबार बिहान उनको निधन भएको पुष्टि गरेका हुन् ।