करार शिक्षकलाई स्थायी गर्ने निर्णय खारेज गर्ने ७ विद्यार्थी संगठन माग

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार ०९:१० मा प्रकाशित

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न सात विद्यार्थी संगठले माग गरेका छन्।

सात विद्यार्थी संगठनले बिहिबार(आज)  एक विज्ञप्ति जारी गर्दै आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने स्पष्ट पारेका छन्।

उनीहरूले उक्त निर्णय कार्यान्वयन हुन नदिने र त्यसका निम्ति संयुक्त विद्यार्थी आन्दोलन शसक्त प्रतिरोधमा उत्रने चेतावनीसमेत दिएका छन्।

यस विषयलाई लिएर त्रिवि केन्द्रीय क्याम्पसमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप र गिरफ्तारीको खेद व्यक्त गर्दै विद्यार्थी आन्दोलनलाई एक्यवद्धता जनाउन शुक्रवार १ बजे किर्तिपुर क्याम्पसमा बृहत प्रदर्शनसहित सभाको आयोजना गर्ने विद्यार्थी संगठनहरुले जनाएका छन्।