कोरियामा ह्यालोविन पर्वमा भागदौड हुँदा १४९ जनाको मृत्यु

न्युजलय १३ कार्तिक २०७९, आइतबार ०१:४४ मा प्रकाशित

एजेन्सी । दक्षिण कोरियाको राजधानी सिउलमाएउटा भीडमा भागदौड हुँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको छ ।  ह्यालोविन पर्वका अवसरमा भेला भएको भागदौडमा कम्तीमा १५० जना घाइते भएका अधिकारीहरूले बताएका छन्।

१ लाख मानिसको भीडमा भएको भागदौडमा परी एक घन्टामै एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको थियो । भागदौडबीच केही मानिसहरुलाई ह्दयघात भएको थियो ।

भागदौडमा घाइते हुनेहरुमा अधिकांश २० देखि ३० वर्षका युवतीहरु रहेको प्राप्त विवरणमा जनाइएको छ । भागदौडका कारण ठूलो मानवीय क्षति भइरहदा घटनास्थलमा १४० भन्दा बढी एम्बुलेन्स परिचालन गरिएको थियो ।