काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२६ जना कोरोना संक्रमित थपिएका छन् ।
१२ हजार ४९८ वटा नमुना स्वाबको परीक्षण गर्दा ३२६ वटाको नतिजा पोजिटिभ आएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ ।
त्यस्तै आज २५५ जना संक्रमणमुक्त भएका छन् ।