विराटनगर । प्रदेश नं १ सरकारले संसद अधिवेशन टुंग्याएको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले आज राति १२ बजेबाट प्रदेश सभाको नवौं तथा हिउँदे सभा अन्त्य गर्ने निर्णय गरेको हो ।
सभामा प्रदेशको नाम टुंग्याउने, नाम नटुंग्याएपनि संसदमा नामको विषय प्रवेश गराउने भनिएपनि संसद अधिवेशन टुंग्याइएको छ ।
अब सत्ता गठबन्धनका नेताहरुले नामका बारेमा छलफल गरेर बर्खे अधिवेशनमा नामकरण गरिने पनि जनाइएको छ।