कालोझण्डासहित काठमाडौंमा पहिचानवादीको जुलुस

न्युजलय १७ फाल्गुण २०८०, बिहिबार ०८:२८ मा प्रकाशित

काठमाडौं । कोशी प्रदेशको नामकरणमा असन्तुष्ट रहेका पहिचानवादीहरूले राजधानीमा जुलुस निकालेका छन् । राजधानीमा कालोझण्डासहित उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदेशसभाले कोशी नामकरण गरेको एक वर्ष पुगेको छ । पहिचानवादीहरू लामो समयदेखि आन्दोलनमा छन् । यद्यपि केही दिनअघि पहिचानवादी र सरकारबीच सहमति पनि भएको छ ।