काठमाडौं । हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश–१, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा भने हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।
आइतबार राति प्रदेश–१, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश–१ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराईमा बिहानको समयमा हुस्सुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले अनुरोध पनि गरेका छन् ।