देशभरि थप २०३ जनामा कोरोना संक्रमण पुष्टि

न्युजलय २८ भदौ २०७९, मङ्गलबार ०९:५३ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरि थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ३ सय पिसिआर परिक्षणका क्रममा ८७ जना र ३ हजार ७ सय ५९ एन्टिजेन परीक्षणका क्रममा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन्।