काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंह नियुक्त भएका छन् ।
आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
आईजीपीका लागि प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक प्रतिष्पर्धी थिए । उनीहरुमध्ये सिंहलाई मन्त्रिपरिषद् बैठकले आईजीपी बनाउने निर्णय गरेको हो ।
नेपाल प्रहरीका हालका महानिरीक्षक शैलेश थापा क्षेत्री आजदेखि अकाश हुँदैछन् । आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।