‘मंकीपक्स’ संक्रमणको शंकामा एक व्यक्ति टेकु अस्पतालमा भर्ना

न्युजलय २ असार २०७९, बिहिबार १०:२० मा प्रकाशित

काठमाडौँ । दुबईबाट नेपाल फर्किएका एक व्यक्तिलाई मंकीपक्सको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । 

अस्पतालका अनुसार २७ वर्षीय ती व्यक्तिलाई ज्वरो पनि आएको र हातमा बिमिरा पनि देखिएकाले एयरपोर्टबाट सिधै टेकु अस्पताल पठाइएको थियो ।

अस्पतालका अनुसार मंकीपक्स हो होइन यकिन गर्नका लागि परीक्षणहरू गरिँदैछ र उनी निगरानीमा रहेका छन् ।

चिकित्सकहरूका अनुसार मंकीपक्सको संक्रमण देखिएपछि शरीरमा फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखिन सक्छन् ।

मंकीपक्स भएको ३–४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको चिकित्सकहरू बताउँछन् ।