रुख ढलेर गुडिरहेको बस र स्कुटरलाई किच्दा भक्तपुरमा तीन जनाको मृत्यु

न्युजलय ८ साउन २०७९, आइतबार ०८:२० मा प्रकाशित

भक्तपुर । रुख ढलेर सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा भक्तपुरको सल्लाघारीमा तीन जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् ।

मृतकमध्ये एक जना नितेश खर्वुजा छन् भने बाँकी दुई जनाको सनाखत हुन सकेको छैन । 

काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुवाहक बस र बा ६१ च नम्बरको स्कुटर रुख ढलेर च्यापिएका हुन् ।

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ ।