काठमाडौं । पछिल्लो २४ घन्टामा थप २७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परीक्षण गराइएका ८ हजार ६२८ नमूनामध्ये २७५ जनामा संक्रमण देखिएको हो।
५ हजार ४ सय ५२ नमूनाको पीसीआर र ३१ सय ७६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा १५८ नमूनाको पीसीआरबाट र ११७ नमूनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा कोरोनाबाट एकजनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३२ पुगेको छ।
मन्त्रालयका अनुसार शुक्रबार ५५५ जना कोरोनामुक्त भएका छन्।