काठमाडौं । पछिल्लो २४ घन्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमवार ३ हजार २ जनामा गरिएको नमुना परीक्षणका क्रममा ६ जनामा पीसीआरमार्फत र २ जनामा एन्टीजेनमार्फत कोरोना पुष्टि भएको हो ।
यससँगै मुलुकभर हालसम्म पीसीआर परीक्षणमार्फत ९ लाख ७८ हजार ९४८ जनामा र एन्टीजेन परीक्षणमार्फत १ लाख ४० हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस दिन १७ संक्रमित उपचारपछि निको भएका छन् ।