काठमाण्डौ । कक्षा १२ को परीक्षाको नतिजासार्वजनीक भएको छ । शुक्रबार (आज) आज बिहान राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो।
सात हजार ३६ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन् भने ‘ए ग्रेड’ ल्याउने परीक्षार्थीको संख्या ४८ हजार तीन सय ३९ रहेको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो।
तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए। कोरोनाका कारण पटकपटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो।