सन्दीप लामिछानेको मुद्दाः असोज १ मा पेसी तोकियो

न्युजलय २७ भदौ २०८०, बुधबार ०५:२३ मा प्रकाशित

काठमाडौं ।  नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने विरुद्ध दायर भएको नाबालिगमाथिको जबरजस्ती करणी सम्बन्धी मुद्दा असोज १ गते पेसी तोकिएको छ। 

जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा पटकपटक पेसी चढ्ने अनि केही न केही आदेश गर्ने हुँदै सर्दै आएको छ।

यसअघि पनि जिल्ला अदालतले बसाइँसराइ गरी गएको स्थानबाट कागजात मगाउने आदेश गरेको थियो। उक्त आदेश अनुसारको विवरण जिल्ला अदालतमा पेस भएकाले असोज १ गतेका लागि पेसी तोकिएको र उक्त दिनबाट निरन्तर सुनुवाइ हुने आशा राखेको लामिछानेका कानुन व्यवसायीले बताए। 

यसअघि भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराइ गरी गएको काठमाडौंको एक स्थानीय तहबाट बसाइँसराइ गर्दा पेस गरिएको कागजात माग गरेको थियो।