काठमाण्डौ । भारतको जम्मू–कश्मीरस्थित माता वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको मृतयु भएको छ । अरु २० जना घाइते भएका छन्।
त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहको बाहिर दर्शनका लागि भेला भएका श्रद्धालुहरुको भीडमा भागदौड मच्चिएको हो।
समाचार संस्था एएनआईका अनुसार शनिबार(आज) बिहान घटना भएको हो।
दर्शनार्थीबीचको विवादको क्रममा धकेलाधकेल भएको र त्यसले भागदौडको अवस्था आएको हो।