काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिह्न गाई माग्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
पार्टीले गाई माग्दै बिहीवार सर्वोच्चमा रिट दायर गरेको बताइएको छ । राप्रपा नेपालले निर्वाचन आयोगलाई विपक्षी बनाएको छ ।
सर्वोच्चले शुक्रवार बिहान १० बजे रिट सुनुवाइका लागि पेशी तोकेको छ ।