नेपाललाई थप १२ अर्ब सहयोग गर्दै विश्व बैंक

न्युजलय ३१ असार २०७९, शुक्रबार ०७:५२ मा प्रकाशित

काठमाण्डौ । दाता निकाय विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ।

नेपालको हरित, जलवायु उत्थान तथा समावेशी विकासका लागि बैंकले १०० मिलियन डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो। 

विश्व बैंकका कार्यकारी निर्देशक तथा मालदिभ्स, नेपाल र श्रीलंकाका प्रतिनिधि फारिस हदाद जेर्भोसले शुक्रबार उक्त सहयोग स्वीकृत गरेका हुन्।

वातावरणीय सुरक्षासँगै समावेशी विकासका कार्यक्रमका लागि बैंकले यस्तो कार्यक्रममा पहिलो पटक सहयोग गरेको हो। 

यो सहयोगले नेपालको दिगो विकास र समृद्धिमा सहयोग पुग्ने विश्व बैंकले बताएको छ। 

केही दिनअघि मात्र विश्व बैंकले नेपालको पानी तथा सरसफाइका लागि १० अर्ब रुपैयाँ सहयोग गरेको थियो।