कुकुरले लियो १७ महिने शिशुको ज्यान

न्युजलय ९ चैत २०७८, बुधबार १२:४१ मा प्रकाशित

 काठमाण्डौ । बेलायतको सेन्ट हेलेन्समा आफ्नै घरमा पालेको कुकुरले १७ महिने शिशुको ज्यान लिएको छ ।

ब्ल्याकब्रुकस्थित बिड्स्टोन एभेन्युस्थित घरमा सोमबार अपराह्न कुकुरको क्रुर आक्रमणमा परेकी बेल्ला–राए बिर्चको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रहरीले सो कुकुरलाई कष्ट नदिइकन मारिएको र त्यो कुकुरको प्रजाति र विगतका मालिकहरूबारे जानकारी लिने प्रयास भइरहेको जनाएको छ । 

ती बच्ची आफनो दाजुसँग खेल्दै गरेको दृश्य सम्झेर अन्य छिमेकीले पनि आँसु झारेका छन् ।