नगरपालिकाले क्रिकेट हेर्न दियो दुई दिन विदा

न्युजलय २५ फाल्गुण २०७८, बुधबार ०६:०० मा प्रकाशित

रौतहट । रौतहटको इशनाथ नगरपालिकाले क्रिकेट प्रतियोगिता हेर्न दुई दिनको सार्वजनि विदा दिएको छ । 

नगरपालिकामा सञ्चालित अन्तरपालिका स्तरिय मेयर कप टि ट्वान्टि क्रिकेट प्रतियोगिता २०७८ अन्तिम चरणको खेलका लागि भन्दै नगरपालिकाले आज र भोलि बिदा दिएको हो ।

नगरपालिकाको यस्तो निर्णयको सर्वत्र आलोचना भइरहेको छ ।

नागरिकलाई सहज र सुलभ तरिकाले सेवा प्रभाव गर्नुपर्ने स्थानीय सरकारले अनावश्यक रुपमा दुई दिनको बिदा दिनु गलत भएको भन्दै यस्तो निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् ।

२४ गते नारी दिवसको अवसरमा विदा भएको , २५ र २६ गते ‘क्रिकेट हेर्ने’ विदाका कारण सेवाग्राही नागरिकहरुले सास्ती बेहोर्नु पर्ने भन्दै त्यसलाई खारेज गर्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका छन् ।