कोरोनापछि बन्द १४ नाका खोल्न चीन तयार छः उपप्रधानमन्त्री श्रेष्ठ

न्युजलय १९ चैत २०८०, सोमबार ०६:४३ मा प्रकाशित

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताएका छन् । 

चीन भ्रमण सकेर स्वदेश फर्किएसँगै उनले यस्तो बताएका हुन । उनले रसुवागढी–केरुङ, तातोपानी–झाड्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेको उल्लेख गर्दै अन्य नाकाहरू पनि क्रमशः खुल्ने बताए । 

उनले यसबाट चीन सीमानजिक बसोवास गर्ने नेपालीहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको बताए ।