काठमाण्डौ । चीनमा कोरोना भाइरस उत्पत्ति भएयताकै धेरै व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।
हिजो चीनमा तीन हजार चार सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो सङ्ख्या कोरोना सुरु भएयताकै दैनिक धेरै सङ्ख्या भएको बीबीसीले जनाएको छ ।
दिनदिनै दोब्बरभन्दा धेरैले सङ्क्रमित थपिन थालेपछि सरकारले केही राज्यमा कडा लकडाउन गरेको छ । चीनकै ठूलो व्यापारिक सहर शङ्घाईमा सरकारले स्कुल बन्द गराएको छ भने उत्तर पूर्वी सहरहरू जिलिन र याञ्जीमा लकडाउन लगाएको छ । यस्तै ९० लाख जनसङ्ख्या भएको चाङचुन क्षेत्रमा पनि लकडाउन सुरु भएको छ ।
कोरोना रोकथाममा प्रभावकारी काम नगरेको भन्दै सरकारले जिलिन र चाङचुनका स्वास्थ्य आयोगका प्रमुखलाई बर्खास्त गरेको खबरमा उल्लेख छ ।