आत्रेय गोत्रीय पोख्रेल कुल सेवा समाजद्वारा बेलबारीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुदैँ

न्युजलय २५ मङ्सिर २०८०, सोमबार ०१:३८ मा प्रकाशित

इटहरी । आत्रेय गोत्रीय पोख्रेल कुल सेवा समाज नेपाल बेलबारीको आयोजनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

आत्रेय गोत्रीय पोख्रेल कुल मन्दिर प्राङ्गण, बेलबारी–११, लक्ष्मीमार्गमा मङ्सिर २७ गतेदेखि पुस ४ गतेसम्म महायज्ञ आयोजना हुने समाजका सहसचिव गायत्री पोख्रेलले जानकारी दिए ।

श्री विन्दवासिनी भगवती मन्दिर निर्माण सहयोगार्थ तथा सम्पूर्ण पितृ उद्दारको लागि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा वाचक पं. विदुर भट्टराईबाट कथावाचन तथा पं. श्री कौशल दाहालबाट पाठ पारायण साथै पुस ५ गते बिहीबारका दिन आत्रेय गोत्रीय पोख्रेल बन्धुहरूको कुलपूजा (दिवाली) समेत हुने बताइएको छ ।