सुनको भाउ प्रतितोला १ लाख ७० हजार नाघ्यो

न्युजलय १४ कार्तिक २०८१, बुधबार ११:१९ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य आज तोलामा २ हजार २०० रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ थियो । 

चाँदी पनि आज महँगिएको छ । चाँदी आज तोलाको दुई हजार एक सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।